काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन भनिने वालेन्द्र सालले साढे १७ हजार मत कटाएका छन् ।
उनले ल्याएको मत सत्ता गठबन्धनकी सिर्जना सिंह र एमालेका केशव स्थापितले ल्याएको मतको जोडफल भन्दा ३७४ मतले बढी हो ।
पछिल्लो मतपरिणाम अनुसार साह १७५५८ मतका साथ शीर्षस्थानमा हुँदा एमालेका स्थापित ९०५६ मतका साथ दोस्रो स्थानमा छन् । साह र स्थापितबीच ८ हजार ५०२ मतको अन्तर छ ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार ८१२८ मतका साथ तेस्रो नम्बरमा छन् । स्थापित र सिंहबीच ९२८ मतको अन्तर छ । पहिलो नम्बरमा रहेका साह र तेस्रो नम्बरमा रहेकी सिंहबीच भने ९ हजार ४३० मतान्तर रहेको छ ।
उपप्रमुख पदमा भने नेकपा एमालेकी सुनिता डंगोल अन्य उम्मेदवार भन्दा तीन गुणाले अगाडि छन् । डंगोलले १५६७४ मत पाउँदा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले जम्मा ५०१५ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैया ३४४९ मतका साथ तेस्रो नम्बरमा हुँदा उपप्रमुखमा स्वतन्त्र उम्मेदवार वेन्जीसिंह महर्जन १३६६ मतका साथ चौथो स्थानमा छन् । महर्जनको चुनाव चिह्न पनि लौरो नै हो ।