काठमाडौं महानगरपालिकाको मतगणना अहिले चलिरहेको छ। अहिले वडा नम्बर १ र ३२ को गणना भइरहेको हो। मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।
वडा नम्बर ३२ मा २०० मत गन्दा बालेनको मत ५२ छ। त्यसैगरी कांग्रेसकी सिर्जना सिंहले ४१ र एमालेका केशव स्थापितले ४३ मत पाएका छन्।
वडा नम्बर १ मा पनि ५० मत गन्दा बालेनकै अग्रता छ। उनले त्यहाँ ११ मत ल्याएका छन्।