टिपरबाट निर्माण सामाग्री झार्ने क्रममा डालीले बिजुलीको तार छुँदा झापामा ड्राइभरको निधन भएको छ ।
आज बिहानै झापाको हल्दिवारी-२, पशुपतिचोक नजिकै कंचन निर्माण सेवाको बा१क ७७४७ नम्बरको टिपरबाट गिट्टी झार्दै गर्दा करेन्ट लागेर बिकास तामाङको निधन भएको हो ।
टिपरमा ड्राइभर मात्रै भएको र अनलोड गर्दै गर्दा करेन्ट लागेको स्थानीयबासी सिताराम खरेलले बताए ।
बिजुलीको झड्काले ड्राइभरसिटमा रहेका तामाङलाई सडकमा झारिदिएको थियो । उनको घटनास्थलमै निधन भएको हो ।