मधेश प्रदेशका आठ जिल्लाहरूमा भोली सार्वजनिक बिदा दिइएको छ ।
उक्त प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै फाल्गुन १ गते आइतबार प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको छ ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद शाहले हस्ताक्षर गरेको उक्त सूचनामा २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर बिदा दिइएको जनाएका छन् ।