समाजवादी प्रेस सङ्गठन नेपाल बागलुङ शाखाको संयोजकमा पत्रकार रामप्रसाद घिमिरे चयन भएका छन् ।
जिल्लाको सिफारिस र परामर्शमा सङ्गठनको केन्दीय समितिले उनलाई संयोजकको जिम्मेवारी तोकेको हो ।
छिट्टै सङ्गठन निकट र शुभेच्छुक पत्रकार–सञ्चारकर्मीको भेला डाकेर जिल्ला कार्यसमिति गठन गरिने संयोजक घिमिरेले बताए ।
उनले सङ्गठन विस्तारको काम पनि सँगसँगै अघि बढ्ने उल्लेख गरे । घिमिरे न्यूज–२४ टेलिभिजनमा आवद्ध छन् ।