चालू आर्थिक वर्षको ६ महिनामा नेपालबाट एक खर्ब १८ अर्ब ५० करोडभन्दा माथिको वस्तु तथा सामग्रीहरू निर्यात भए । नेपालबाट विदेशमा निर्यात भएका सात सय ६० प्रकारका सामग्रीहरूको सूचीमा डग/क्याट फुड अर्थात् कुकुर बिरालोको खान्की मूल्यको हिसाबले १७औँ नम्बरमा पर्छ ।
भन्सार विभागले २०७८ साउनदेखि पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क सार्वजनिक गर्दै यो अवधिमा सात लाख ४६ हजार तीन सय ६६ केजी डग/क्याट फुड बेचेर नेपालले एक अर्ब २० करोड ३८ लाखभन्दा बढी रकम स्वदेश भित्र्याएको जनाएको छ ।
अघिल्लो आर्थिक महिनाको पहिलो ६ महिनाको तुलनामा अहिले डग फुड बढी मात्रामा निर्यात भएको देखिन्छ । आर्थिक वर्ष ०७७/७८ को पहिलो ६ महिनामा विभिन्न १९ देशहरूमा पाँच लाख २८ हजार दुई ६८ केजी खाद्यान्न निर्यात गरेर नेपालले ८३ करोड ४५ लाख रकम भित्र्याएको थियो ।
यो आर्थिक वर्षमा २० देशमा निर्यात भएको कुकरको खान्कीको सबैभन्दा ठुलो हिस्सा अमेरिकामा रहेको छ । अमेरिकामा यो अवधिमा पाँच लाख ६७ हजार दुई सय ५२ किलो आयात हुँदा त्यहाँबाट मात्रै एक अर्ब ७७ लाख रुपैयाँ नेपाल भित्रिएको हो ।
यस्तै गरी क्रमशः क्यानडा, जापान, कम्बोडिया, बेलायत, नेदारल्यान्ड्स, हङकङ, सिङ्गापुरमा, दक्षिण कोरिया, ताइवान, युएई, थाइल्यान्ड, फिलिपिन्स, चीन, इन्डोनेसिया, पोल्यान्ड, स्लोभाकिया, जर्मनी, कतार लगायतका देशहरूमा निर्यात भएको छ ।
परिमाणको हिसाबले कतार, जर्मनी, स्लोभाकिया र पोल्यान्डमा कम मात्रामा निर्यात भएको देखिन्छ । प्रतिकेजी मूल्य पनि देशअनुसार फरक-फरक रहेको छ ।
हङकङमा प्रतिकेजी ७६ रुपैयाँ ४५ पैसामा निर्यात हुँदा संयुक्त अरब इमिरेट्स (युएई) दुई हजार चार सय १२ रुपैयाँ प्रतिकेजीको मूल्यमा निर्यात भएको पाइएको छ ।
योभन्दा बढी मूल्यमा पनि अरू देशहरूमा कुकुरको खान्की निर्यात भएको देखिन्छ । स्लोभाकियामा प्रतिकेजी २७ सय ४६ र फिलिपिन्समा प्रतिकेजी २६ सय ४९ मा निर्यात भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ ।
एक अर्ब बढिको कण्डम आयात
हालै सार्वजनिक भएको राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा नेपालको जनसङ्ख्या वृद्धिदर एक...
बिहीबार, माघ १३ २०७८खासगरी नेपालमा छुर्पी कुकुरको खान्कीको रूपमा निर्यात हुने गरेको छ । इलाम, ताप्लेजुङलगायतका जिल्लाहरूमा बनेको छुर्पी यी देशहरूमा पुग्ने गरेको हो । त्यस्तैगरी राँगा भैँसीका हड्डी र सिङहरू पनि कुकुरको खान्कीको रूपमा नेपालबाट अन्य देशहरूमा निकासी हुने गरेको छ ।