भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट पनि सन्यास लिएका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत कोहलीले सन्यासको घोषणा गरेका हुन् ।
सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका थिए । यसअघि उनले गत सेप्टेम्बर १६ मा टी–ट्वान्टी फर्म्याटको कप्तानीबाट राजीनामा घोषणा गरेका थिए ।
हालै दुबईमा सम्पन्न विश्वकपको अन्तिम खेलमा नामिबियासँग खेलेपछि उनी कप्तानको भूमिकाबाट अलगिएका थिए । ३३ वर्षीय कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज क्लब रोयल च्यालेन्जर्स बैङ्ग्लोरको नेतृत्व गरिरहेका छन् ।