लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत देविराम पाठकले आज सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार माघ २ गते आइतबारको दिन प्रदेशभर सार्वजनिक विदा दिइएको जनाएका छन् ।
थारु समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गर्दछन् । यसै अवसरमा शुभकार्यको शुभारम्भ गर्ने गरिन्छ ।