नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएपछि अध्यक्ष नेपालको हिजो सोमवार कोरोना परीक्षण गरिएको थियो ।
आज आएको नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण देखिएपछि अहिले उनी घरमै आइसोलेशनमा बसिरहेको नीजि सचिवालयले जनाएको छ ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेल शक्ति बस्नेत दम्पति लगायतलाई कोरोना पुष्टि भएको थियो । उहाँहरू पनि होम आइसोलेशनमा छन् ।