नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ ।
काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।
मंसिर २४-२८ मा कांगठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो । कांग्रेसले जारी गरेको सूची अनुसार सभापति शेरबहादुर देउवा पछि उपासभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो ।
महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि छन् । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा छन् ।
सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् । त्यस्तै उमाकान्त चौधरी सातौं, महालक्ष्मी उपाध्याय डिना आठौं, भीष्मराज आङ्दम्वे नवौं, महेन्द्र यादव दशौं, किशोरसिंह राठौर ११ औं, बद्री पाण्डे १२ औं तथा जीवन परियार १३ औं नम्बरमा रहेका छन् ।
केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला उनी भन्दा पछि रहेका छन् । उनीहरुको वरीयता क्रमश १४ औं र १५औं रहेको छ ।
त्यस्तै सभापतिमा पराजित शेखर कोइराला २० औं वरीयतामा छन् । यसअघि सभापतिमा पराजित हुनेलाई दोस्रो वरीयता दिँदै आएकामा सभापति शेरबहादुर देउवाले डा. शेखर कोइरालालाई भने २० औं वरीयता दिएका छन् ।
वरीयताको १३५ औं नम्बरमा जीवन राना रहेका छन् ।