१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुरमा कोठा भाडामा लिइ बस्ने २९ वर्षीय भारतीय नागरिक सतवन्त सिंहले मंसिर २४ गते राति १० बजे किशोरीलाई आफ्नो कोठामा लगेर पटक पटक करणी गरेको आरोप छ ।
उनले ती किशोरीलाई ललाई फकाई विवाह गर्ने प्रलोभन देखाएर पटक पटक करणी गरेको पीडित किशोरीको दाबी छ । पीडित किशोरीका अभिभावकले दिएको जाहेरीको आधारमा प्रहरीले सतवन्तलाई पक्राउ गरेको हो ।
पक्राउ परेका आरोपितलाई पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले केटिएम दैनिकलाई बताए ।