नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिङ्गल फाइटमा अमेरिकी रेस्लरलाई हराएकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धाका रूपमा रहेको सिङ्गल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोममाथि जित निकालेकी हुन् ।
भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगाइ दिनुका साथै बधाइ दिएका थिए । नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाइन् ।
पुरुष सिङ्गल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे । जोर्डनले भारतीय रेस्लरसँग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नाआएपछि जोर्डन ठागुसँग भिडेका थिए । नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी इन् । सपनाले जमुना तामाङलाई पाखा लगाइन् । पुरुष सिङ्गल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित निकाले ।
एक दिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका खेलाडी सहभागी थिए । विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, नेपालका चर्चित रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), आयोजक प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले पुरस्कार प्रदान गरे ।