१४औं महाधिवेशनको तयारीमा व्यस्त नेपाली कांग्रेसले हालसम्म ५६ वटा जिल्लामा सभापति चयन गरेको छ । सर्लाही र डडेल्धुरालगायतका जिल्लामा विवाद कायमै रहेको बेला कांग्रेसले ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको हो ।
५६ जिल्लाको नतिजा हेर्दा शेरबहादुर देउवा पक्षका २४ जनाले जिल्ला सभापतिमा जित हाँसिल गरेका छन् भने रामचन्द्र पौडेलका २७, कृष्ण सिटौंला पक्षका २ र विमलेन्द्र निधि समूहका १ जनाले जिल्ला सभापति हाँसिल गरेका छन् । अहिलेसम्म कुनै पनि पक्षमा नखुलेका २ जनाले सभापतिमा जित हासिल गरेका छन् ।
शेरबहादुर देउवा पक्ष (संस्थापन)
१.शंकर गुरुङ – मनाङ
२. खडक बोहरा – बझाङ
३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४. मोहनविक्रम सिंह – हुम्ला
५. कान्छाराम तामाङ – रामेछाप
६. ऐनबहादुर शाही – मुगु
७. खमबीर गर्बुजा – म्याग्दी
८. केशबहादुर विष्ट – सल्यान
९. रुपनारायण जबेगु – पाँचथर
१०. नरेन्द्रबहादुर सिंह – डोटी
११. दीपेन्द्रबहादुर शाही – डोल्पा
१२. कर्णबहादुर शाही – जुम्ला
१३. तेजेन्द्र खनाल– ओखलढुंगा
१४. डा.टकराज गुरुङ – लमजुङ
१५. भीमबहादुर साउद – डडेल्धुरा
१६. रामकृष्ण खाँण – रुपन्देही
१७. युवराज जोशी – पर्वत
१८. डम्बर खड्का – इलाम
१९. तीर्थ लामा – काभ्रे
२० पदम बोगटी – कञ्चनपुर
२१. खड्गबहादुर पोखरेल – सुर्खेत
२२ दुर्लभ थापा– भक्तपुर
२३ हिमाल कार्की – उदयपुर
२४ जीतप्रकाश आले– तनहुँ
रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)
१. रोमी गौचन थकाली – मुस्ताङ
२. केशरमान रोका – रुकुमपूर्व
३. दीपक खड्का– संखुवासभा
४.नन्दप्रसाद न्यौपाने – गोरखा
५. विष्णु राई – खोटाङ
६.हिमालदत्त श्रेष्ठ –पाल्पा
७. राजु थापा – स्याङ्जा
८. किशोर आचार्य – रोल्पा
९. विष्णुकुमार गिरी – प्यूठान
१०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
११. विनोद बान्तवा – भोजपुर
१२. केशव श्रेष्ठ – अर्घाखाँची
१३. चतुरबहादुर चन्द – बैतडी
१४. बर्मा लामा – दोलखा
१५. अम्मबहादुर शाही – कालीकोट
१६. रामसिंह रावल – बाजुरा
१७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)
१८. मणिराम रेग्मी – दैलेख
१९. शंकरप्रसाद डाँगी – दाङ
२०. रमेश महत – नुवाकोट
२१. सबुज कृष्ण बानियाँ – काठमाडौं
२२. रामनाथ अधिकारी – धादिङ
२३. खिलध्वज पन्थी – गुल्मी
२४. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर
२५. केदार भण्डारी – सुनसरी
२६. ललितसिंह बोहरा– दार्चुला
२७ अब्दुल कलाम – कपिलबस्तु
कृष्ण सिटौला पक्ष
१. देउमान थेवे – झापा
२. जीत शेरचन– बाग्लुङ
विमलेन्द्र निधि पक्ष
१. किशोर बराल
पक्षधरता नखुलाएका –
१. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
२. वेदराज सिंह – जाजरकोट