नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना अनुसार हृदयराम थानी १ मतले पराजित भएका छन् ।
मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको दुई खुला केन्द्रीय सदस्यमा राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी हुँदा थानी पराजित भए ।
शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरेका छन् । विजयी दुबै सभापति शेरबहादुर देउवा पक्षका हुन् । थानीले भने २१९९ मत पाए ।
सुर्खेत क्षेत्र नम्बर २ का नेता थानी पूर्व मन्त्रीसमेत हुन् । उनी १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका थानी एक भोटले मात्र पराजित भएपछि रामचन्द्र पौडेलले निर्वाचन बहिस्कार गर्दा पराजित भएको भन्दै उनी पक्षीय नेता कार्यकर्ताले सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।
महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मत हालेनन् । उनले मत हालेको भए थानीको जित हुने भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको हो ।