प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए।