तीन वर्ष अगाडि अनमोल केसी स्टारर चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी अहिले भारतको मुम्बईमा छिन् ।
लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले एक दर्जन बढी हिन्दी र पञ्जाबी गीतमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् । केही महिनाअघि उनी अभिनीत ‘तु मेरा नही’ गीत सार्वजनिक भएको थियो ।
अदिती कोरोना महामारीको समयमा ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्न नेपाल आएकी थिइन् । केही दिन उनले वर्कसप समेत गरिन् । कोरोना खोप लगाउन उनी भारत पुगेको खबर समेत केहीअगाडी सार्वजनिक भएको थियो
तर, कोरोना संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन घोषणा गरेपछि चलचित्रको छायांकन अनिश्चितकालका लागि रोकियो । अब स्थिति सामान्य भएपछि मात्र चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।
झापा दमक घर भएकी नायिका अदिती वुढाथोकी केही समयअगाडी दुबई पुगेकी थिइन् । दुबइमा पुगेर तस्वीर शेयर गर्दै उनले आफूलाई फुलसँग तुलना गरेकी छिन् । उनले, आफूलाई फूल भन्दै सूर्यको प्रकाशले पनि फुल्न दिएको उल्लेख गरेकी छिन् ।
नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १६ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् ।
उनै, अदिती आफ्ना बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्न माहिर छिन् ।
मुम्बइको समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेकी अदितीको तस्वीर सार्वजनिक भएको छ । उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरमा उनी कालो विकिनीमा देखिएकी छिन् । अदितीको यी तस्वीरमा १ लाख ७५ हजार भन्दा बढी लाइक आएको छ । चलचित्रमा सफ्ट भूमिकामा देखिएपनि अदिती इन्स्टाग्राममा भने बोल्ड अवतारमा देखिने गरेकी छिन् ।