अभिनेत्री अदिती बुढाथोकी भारतको मुम्बई पुगेकी छन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘बाबरी’को छायांँकनका लागि नेपाल आएकी उनी केही दिन अगाडि मुम्बई फर्किएकी हुन् ।
निषेधाज्ञा अगाडि पूर्वका विभिन्न जिल्लामा १० दिन ‘बाबरी’ फिल्म छायाँकन गरेकी बुढाथोकी निषेधाज्ञाको कारण नेपालमै रहेकी थिइन् । निषेधाज्ञा केही सहज भएपछि उनी मुम्बई फर्किएकी हुन् ।
बुढाथोकीले बुधबार मुम्बईकै कोरोना विरुद्धको खोप लगाएकी छन् । उनले मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पताल पुगेर कोभिसिल्ड खोप लगाएकी हुन् । आफूले कोभिसिल्डको पहिलो डोज खोप लगाएको उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक जानकारी दिएकी छन् ।
लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले एक दर्जन बढी हिन्दी र पञ्जाबी गीतमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् । गएको महिना उनी अभिनीत ‘तु मेरा नही’ गीत सार्वजनिक भएको थियो ।
अदिती कोरोना महामारीको समयमा ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्न नेपाल आएकी थिइन् । केही दिन उनले वर्कसप समेत गरिन् ।
तर, कोरोना संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन घोषणा गरेपछि चलचित्रको छायांकन अनिश्चितकालका लागि रोकियो ।
अब स्थिति सामान्य भएपछि मात्र चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।
झापा दमक घर भएकी नायिका अदिती वुढाथोकी केही समयअगाडी दुबई पुगेकी थिइन् । दुबइमा पुगेर तस्वीर शेयर गर्दै उनले आफूलाई फुलसँग तुलना गरेकी छिन् । उनले, आफूलाई फूल भन्दै सूर्यको प्रकाशले पनि फुल्न दिएको उल्लेख गरेकी छिन् ।
सामाजिक संजाल इन्स्टाग्राममा अदितीका ११ लाख भन्दा बढी फलोअर्स छन् ।
सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ ।