अदिती बुढाथोकी नेपालीहरूको लागि चिनाइरहनुपर्ने नाम होइन् । केही वर्ष अगाडि चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी नेपाली युवाहरूको रोजाइमा पर्छिन् ।
चलचित्रमा सफ्ट भूमिका देखिएकी अदिती सामाजिक सञ्चालमा भने बोल्ड तस्विरहरू राख्न माहिर छिन् । त्यसैले त होला इन्स्टामा सबैभन्दा बढी फलोअर्स उनकै छ ।
लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी अदितीले विभिन्न ठाउँहरूमा घुमघाम गरेका तस्विरहरू फ्यानहरूको लागि पस्किरहेकी हुन्छिन् । कहिले बिकीनी त कहिले वानपिसमा देखिन्छिन् उनी ।
झापा दमक घर भएकी नायिका वुढाथोकी सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । यो समाचार तयार पार्दा उनलाई इन्स्टाग्राममा फलो गर्नेको सङ्ख्या २१ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् ।
कुनै समुन्द्र नजिक खिचिएको उनको एक तस्विरले फ्यानहरूको मन जितेको छ । इन्स्टाको तुलनामा फेसबुकमा कम फ्यान भएतापनि उनको यो तस्विरले फेसबुकमा २२ हजार भन्दा बढी लाइक पाएको छ । प्रतिक्रिया दिएका ४९० फ्लोअर्समध्ये धेरै सुन्दर देखिएको बताएका छन् ।
हुनत यसअगाडि पनि उनका धेरै तस्विरहरूले चर्चा कमाएकै थिए तर पछिल्लो समयको तस्विरले भने धेरै फ्यान फलोअर्सहरूको मत जितेको छ ।
अदितिको तस्विरसँगै बाहिरको ब्याकग्राउन्ड पनि फ्यानहरूले मन पराएको हुनुपर्छ । सेतो फ्रेम भएको कालो चश्मा र त्यही रंगको टिसर्टले पनि अदितिलाई निकै फेसनेबल देखाएको फ्यानहरूको प्रतिक्रिया छ ।
ह्याट (टोपी) को र फ्रक को कलर कम्बिनेसन मिल्दा कस्तो राम्रो देखिएको भन्दै एक फ्यानले प्रतिक्रिया दिएका छन् ।