नेपालको राष्ट्रिय क्रिकेट टोलीले ओमानमा पपुवा न्युगिनी (पीएनजी) सँग दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पपुवान्यूगिनीसँगको एकदिवसीय खेल तय भएको जनाएको छ ।
क्यानका अनुसार नेपालले सेप्टेम्बर पाँच र सेप्टेम्बर आठमा गरी दुई खेल खेल्नेछ । दुवै खेल दिवा रात्री हुनेछ । आइसिसी क्रिकेट विश्वकप लिग २ खेल्ने नेपाल ओमान जाने तयारीमा रहेको छ ।
प्रतियोगिताको पूर्व सन्ध्यामा पपुवान्यूगिनीविरुद्ध नेपालले ओमानमै दुई अन्तर्राष्ट्रिय एकदिवसीय खेल्ने भएको हो ।
सिरिजका लागि नेपालले प्रशिक्षण सुरु गरिसकेको छ । यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।