नयाँ सिजनको इङ्ग्लिस प्रिमियर लिगमा टोटनहमले साविक विजेता म्यानचेस्टर सिटीमाथि जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा टोटनहमले सिटीमाथि १–० गोलको जित निकालेको हो ।
टोटनहमलाई जिताउन सन् हिउङ–मिनले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५५औँ मिनेटमा सनले गोल गर्दै टोटनहमलाई जिताएका हुन् ।
जितसँगै टोटनहमले महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । सिटीले भने हारबाट प्रिमियर लिगको सुरुवात गरेको छ ।