कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्यका मापदण्ड अपनाउनु आवश्यक छ । मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हातलाई स्यानिटाइज गर्ने तथा साबुन पानीले मिचिमिची हात धुने गर्नुपर्दछ ।
५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु आवश्यक नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताउँछ । १२ वर्ष वा माथिका बालबालिकाले वयस्कले जसरी नै मास्क लगाउने गर्नुपर्छ ।
६ देखि ११ वर्षका बालबालिकाले निम्न अवस्थामा मास्क लगाउनेः
– कोभिड-१९ समुदायमा व्यापक रूपमा फैलिएको छ भने
– बालबालिकाले सुरक्षित रूपमा मास्क प्रयोग गर्न, धुन र प्रतिस्थापन गर्न सक्छन् भने
– बालबालिका हालसालै उच्च जोखिममा भएकाहरूको सम्पर्कमा पुगेको छन् भने
१२ वर्ष वा माथिका बालबालिकाले वयस्कले जसरी नै मास्क लगाउनेः
– अपाङ्गता भएका बालबालिकाको हकमा सक्षमता र हित हेरेर मात्र मास्क लगाउने
– दौडँदा, उफ्रँदा वा अरू खेलकुदमा सहभागी हुँदा मास्क नलगाउने
कस्तो प्रकारको मास्क लगाउने ?
बालबालिकाले नन मेडिकल तथा कपडाको मास्क लगाउन सक्छन् । मास्क लगाउन दिने व्यक्तिले सफा मास्क लगाउन दिनुपर्छ । साथै कपडाको मास्क बालबालिकाको अनुहार फिट हुने खालको दिनुपर्छ जसले नाक, मुख तथा चिउडो मजाले धाकियोस् । बालबालिका जो क्यान्सर तथा अरु रोगबाट जुधिरहेका छन् उनीहरुले मेडिकल मास्क लगाउनुपर्छ ।
बालबालिकाले घरमै पनि मास्क लगाउनुपर्छ ?
जो बालबालिका कोभिडको आंशकाको घेरामा छन् उनीहरुले मेडिकल मास्क घरमा पनि लगाउनुपर्छ । उनीहरुलाई आइसोलेट गरेर राख्नुपर्छ ।
बालबालिकाले खेलकुदमा पनि मास्क लगाउनुपर्छ ?
दौडँदा, उफ्रँदा वा अरु खेलकुदमा सहभागी हुँदा मास्क लगाउनुपर्दैन । बालबालिकाको लागि खेलकुदको आयोजना गर्दा सबैलाई एक मिटरको दुरी कायम गर्न, थोरै मात्र बालबालिका सहभागी गर्न तथा सरसफाइमा जोड दिन जरुरी छ ।