डडेलधुराका एक व्यापारी माथि चक्कु प्रहार भएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवामा होटेल तथा मदिरा पसल सञ्चालन गदै आएका व्यापारी खेमराज अवस्थी माथि चक्कु प्रहार भएको हो ।
नवदुर्गा गाउँपालिका वडा नम्बर २ बस्ने अवस्थी जेके मदिरा पसलमा भएको बेला गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का युवाहरूको समूहले चक्कु प्रहार गरेको पीडितले बताए ।
घाइते अवस्थीलाई डडेलधुरा अस्पतालमा भर्ना गरिएको छ । उनको कान, दायाँ हातको पाखुरामा चक्कुको घाउ छन् भने पसलमा समेत तोडफोड गरिएको छ ।
बिहीबार साँझ ५ बजे युवाको समूहले रक्सीको महँगो विक्री किन गर्छस् भन्दै ४/५ जना युवाको समूहले उनलाई कुटपिट समेत गरेको जनाएको छ ।