टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् ।
राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । रुसी खेलाडी विश्व वरीयताको नवौं स्थानमा रहेकी छिन् ।
नेपाली खेलाडी सोनिया भट्टले १ मिनेट १६ सेकेण्डमा खेल गुमाएकी हुन् । रुसी खेलाडी इरिनाले फाइनलमा स्थान बनाए सोनियाले रेपेचेजमार्फत् फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् ।
टोकियो ओलम्पिकमा सहभागिता जनाउन नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली त्यहाँ छ । टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह, एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन् । सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् हो भने अन्य चार खेलाडी पहिलोपटक ओलम्पिकमा सहभागी भएका हुन् ।