बार्सिलोनाका कप्तान लियोनल मेस्सी महान् ड्रिबलर मानिन्छन् ।
अर्जेन्टिनाका कप्तान मेस्सी विपक्षी खेलाडीलाई छक्याउनमा बढी दख्खल राख्छन् ।
यसैले पनि सर्वकालीन महान ड्रिबलर स्वर्गीय डिएगो म्याराडोनापछिकै उत्कृष्ट ड्रिबलरका रूपमा मेस्सी परिचित छन् ।
ड्रिबिलिङकै कारण समथर्कमा आकर्षण बढाउनु मेस्सीको अर्को कला पनि हो ।
तथापि, मेस्सी ड्रिबिलिङमा सक्षम ठहर हुँदा उनका खास प्रतिद्वन्द्वी मानिने क्रिस्टियानो रोनाल्डोलाई पनि बिर्सन मिल्दैन ।
मेस्सी उत्कृष्ट ड्रिबलर कहलिँदै गर्दा युभेन्टसका पोर्चुगिज फरवार्ड रोनाल्डो गोलकर्तातर्फ अब्बल ठहरिँदै आएका थिए ।
‘पावर’ प्रहार गर्नमा माहिर रोनाल्डो पनि ड्रिबिलिङमा कम छैनन् । उनले विपक्षी डिफेन्डरलाई छक्याउँदै पावर प्रहार गरेर थुप्रै गोल गरेका छन् ।
विशेषगरी रोनाल्डो इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा छँदा ड्रिबिलिङको प्रतिभाले सबैलाई मोहित तुल्याएका थिए ।
रिय मड्रिड बसाइका क्रममा पनि उनको त्यो क्षमता देख्न पाइएको थियो । सन् २००३ देखि २००९ मा उनको ओल्ड ट्राफोर्ड बसाइ बिर्सनै नसकिने बसाइ थियो ।
तर इटालियन क्लब युभेन्टसमा आवद्ध भएयता भने उनको ड्रिबिलिङ बिरलै देख्न पाइन्छ ।
तथ्याङ्कअनुसार इङ्ग्ल्यान्डमा रोनाल्डो निर्धारित ९० मिनेटमा चार पटकसम्म ड्रिबिलिङ गर्दै गोल गर्ने क्षमता राख्थे । उनको त्यो प्रतिभा सन् २००६ सम्म कायमै थियो ।
सोही क्षमताले आफूप्रति आकर्षण बढाउँदै लगेका रोनाल्डोले २००८ को सिजनमा ह्वात्तै गिराए । २००९ मा रियल आएका उनले सुरुआती दुई वर्ष पुनः ड्रिबिलिङ क्षमता उकासे र तीनसम्म उकासे ।
रियल आएकै सिजन उत्कृष्ट ड्रिबिलङको सहायतामा रोनाल्डोले फुटबलकै प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी‘ओर जितेका थिए ।
विशेषरी सन् २०१४ देखि भने उनी ड्रिबिलिङमा केही कमजोर भए । उमेर बढेपनि हाल मैदानमा उनको पावर प्रहार उस्तै देखिन्छ । उपाधि र गोलसङ्ख्या बढाउँदै लगेका रोनाल्डोले सन् २०१८ मा भने खास ड्रिबिलिङ गरेका छैनन् । र, युभेन्टस बसाइकै क्रममा उनले बढाउँदै लगेका छन् ।
माथि नै मेस्सीको ड्रिबिलिङको चर्चा गरिएको छ । तथ्याङ्कमा पनि उनी ड्रिबिलिङमा उत्कृष्ट नै ठहरिएका छन् । उनी निर्धारित ९० मिनेटको खेलमा नौ पटकसम्म ड्रिबिलिङ गर्न सक्षम देखिएका छन् ।
विशेषगरी सन् २००७–०८ को सिजनमा उनको ड्रिबिलिङ सर्वोत्कृष्ट ठहरिएको छ । त्यतिबेला उनले एक खेलमा नौ पटकसम्म विपक्षी खेलाडीलाई छक्याएर गरेका छन् ।
सन् २००८ मा पेप ग्वार्डीओला प्रशिक्षकको रूपमा बार्सिलोना आउँदा मेस्सी २० वर्षका थिए । त्यसबेला उनले एकै खेलमा सबैभन्दा धेरै नौ पटक विपक्षी डिफेन्डरलाई छक्याएका थिए । त्यसकै सहायताले मेस्सीले सन् २००९ देखि २०१२ सम्म गरी चार पटक बालोन डी‘ओर जिते ।
अहिलेसम्म मेस्सीले ६ पटक र रोनाल्डोले पाँच पटक बालोन डी‘ओरको अवार्ड हात पारेका छन् । सन् २००७ देखि २०१८ सम्म मेस्सी र रोनाल्डोले नै बालोन डि‘ओरमा एकाधिकार बनाएका थिए ।
मेस्सीले सोही अनुपातको प्रदर्शन सन् २०१७–१८ सम्म कायमै राखेका थिए । मेस्सी यसै जुनबाट ३४ वर्षका भए । तर उनले अझैपनि प्रति खेलमा औसत चार ड्रिबिलिङ गर्छन् ।– एजेन्सीको सहायतामा