प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको अघिल्लो सरकारका राम्रा कामलाई निरन्तरता दिने बताएका छन् ।
प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले ओली सरकारका राम्रा कामलाई निरन्तरता दिने बताएका हुन् । ‘ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुनेछन्,’ उनले भने ।
प्रधानमन्त्री देउवाले सर्वोच्च अदालत पुनर्स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको समेत बताए ।
देउवाले सत्तापक्ष र प्रतिपक्ष सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताए । ‘हामी सबैले मिलेर राम्रो काम गर्नु पर्दछ भन्न चाहन्छु । राजनीति दल एकअर्काका शत्रु होइनौं,’ उनको भनाइ छ ।
र यो पनि
प्रधानमन्त्री शेर बहादुर देउवाले संसदमा गरेको सम्बोधनको पूर्णपाठ