प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् भवनमा सबै सांसदसँग विश्वासको मत मागेपछि रोष्टममा नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोले । उनले प्रधानमन्त्री देउवाका बारेमा इतिहासका कुरा पनि खोतले । र, ती सबै इतिहासको विश्लेषण गर्दा कसरी प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने भनेर प्रश्न पनि गरे ।
उनले भने, ‘दुई चोटी प्रधानमन्त्री र एक पटक गृहमन्त्री बनेर बाहिरिनुभएको माननीय शेरबहादुर देउवा आज ३२ वर्षअघि समाप्त पारिएको निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराएर त्यसैको सहारामा आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ । मैले यो बेला शुभकामना र समर्थन कसरी गर्ने होला ? बडो समसस्या सिर्जना भएको सम्मानीय सभामुख महोदय !’
आफू ओली सरकार बहिर्गमनपछि यस्तो नभनेको पनि उनले बताएका छन् । उनले ताजा जनादेशमार्फत् निर्वाचनमा जाँदा निरंकुश हुने हुने तर, कुनै बेलाको लोकतन्त्रको टपक्क टिप्नेचाहिँ लोकतान्त्रिक हुने भन्दै उनले विमति प्रकट गरेका छन् ।
अदालतलाई संविधान संशोधन नगर्न भनेर व्याख्या गर्नमात्र भनेको पनि नेता ज्ञवालीले स्पष्ट पारेका छन् । ओली सरकारले आफ्नो सुन्धाराको धरहारा, चुच्चे नक्सा, सगरमाथाको उचाइ बढाएकोबारे जनताले सम्झिने पनि नेता ज्ञवालीले बताए । त्यस्तै, सिके राउत, विप्लवलाई नेपाली राजनीतिको मूलधारामा ल्याएको पनि उनले बताए ।
मेलम्चीको धारा प्रत्येकचोटी खोल्दा नेपाली जनताले ओली सरकार सम्झिने पनि उनले बताए ।