जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।
आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो। महन्थ ठाकुर पक्षमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी रेणुका गुरुङ यादव पक्षको बैठकमा सहभागी भएका हुन् ।
यसअघि शनिबार बसेको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका थिए भने रुही नाज मिकरानी पनि आफूहरुतिर आएको यादव पक्षका नेताहरुले बताएका छन् ।
बैठकमा १९ जना सांसद उपस्थित थिए। तीमध्ये दुई जना राष्ट्रिय सभा सदस्य हुन्। यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका केही सांसद अहिले उपेन्द्रतिर आएका छन्।
हेर्नुस् सूची: