नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्ने बताएका छन् ।
भक्तपुरको गुण्डुमा काठमाडौं उपत्यकाका युथफोर्सका अगुवा कमान्डरहरुलाई प्रशिक्षण दिँदै नेता बस्नेतले कसैले छोए अरिंगाल झै जाइलाग्ने बताएका हुन् ।
उनले भने, ‘हामी वाइसीएल जस्तो अपराध गरेर हिँड्दैनौं । हामीलाई कसैले प्रहार गर्छ भने छाड्दैनौं ।’
बस्नेतले माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अस्तित्व नभएको समेत बताए । उनले अदालतको आदेशविरुद्ध आन्दोलनका लागि तयार रहन निर्देशन समेत दिए ।
बस्नेतले काठमाडौंमा साउन ९ गते युथफोर्सले मार्चपास गर्ने समेत बताए । उक्त मार्चपासमा १० हजार युथफोर्सका कार्यकर्ता उतार्ने उनको भनाइ छ ।