कैलालीमा दुर्लभ रेड पाण्डाको छालासहित २ जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–४ स्थित बोराडाडीमा रहेको पण्डित वर्कसपबाट भारतको लखिमपुर मोती हारी केसरिया घर भएका मोटर वर्कसपका सञ्चालक ४१ वर्षीय गगनदेव पण्डित र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३८ वर्षीय मुकेश भट्ट पक्राउ परेका हुन्।
दुवैलाई रेडपाण्डाको छालासहित संघीय प्रहरी इकाई कञ्चनपुरबाट सादा पोसाकमा खटिएको टोली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।