चितवनको छालासहित काठमाडौँको स्वयम्भूबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
६ लाख रुपैयाँमा चितवनको छाला विक्री वितरण भइरहेको छ भन्ने सूचना पाएको महानगरी अपराध महाशाखाको टोलीले उनीहरूलाई शुक्रवार दिउँसो साढे २ बजे स्वयम्भूबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका ३ स्थायी ठेगाना भएका स्वयम्भू बस्ने ३२ वर्षे सुशील कुमार वाइबा र सिन्धुलीकै ध्याङलेख गाउँपालिका १ भई हाल स्वयम्भू बस्ने कान्छाराम वाइबा रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट १ थान चितुवाको छाला बरामद गरी थप अनुसन्धान भइरहेको महानगरी अपराध महाशाखाले जनाएको छ ।