कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका १८ भगतपुरबाट सोही ठाउँका २० वर्षीय हरि चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।उनको साथमा १.६६ ग्राम खैरो हिरोइन भेटिएको प्रहरीले बताएको छ। चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।