कञ्चनपुरमा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्लाकाे भिमदत्त नगरपालिका-१३ महाकालि नदिको पश्चिम पट्टि किनारमा घोप्टो अवस्थामा मृतकको शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार अन्दाजी ४२ बर्षीय पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको र शवको पहिचान हुन नसेको जानकारी दिए ।अहिले मृतकको शब परीक्षणको लागी महाकाली अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
घटनाबारे थप अनुसन्धान भईरहेको र मृतकलाई देख्नु वा चिन्नु हुने ब्यक्तीहरुले प्रहरीमा सम्पर्क गरिदिन जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले अनुरोध समेत गरेको छ ।