नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति र प्रधानमन्त्रीले गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाल राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र गरेको खनालको बुझाई छ ।
उनले यस कदमलाई संविधान विरोध, प्रतिगामी र तानाशाहीको शंज्ञा दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत खनालले लेखेका छन् राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।