कोभिड–१९ संक्रमितको उपचारमा सहयोगी मानिएको औषधि रेम्डिसिभिर कालोबजारी गरेको आरोपमा महाराजगञ्जबाट १ जना पक्राउ परेका छन् ।
गोरखा घर भएका रफिक मियाँलाई महाराजगन्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाकाले जनाएको छ । १ सेट (६ भाइल) रेम्डिसिभर १ लाख २० हजारमा बेच्दै गरेको अवस्थामा महाशाखाको टोलीले मियाँलाई पक्राउ गरेको हो । रेम्डिसिभिर औषधिको एक सेट (६ भाइल)को नेपालमा अधिकतम् मूल्य ३० हजार रुपैयाँ तोकिएको छ ।
प्रहरीसँगको बयानमा अभियुक्तले त्रिवि शिक्षण अस्पताल अगाडिको निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा तोकिएको भन्दा धेरै मूल्यमा बेचेको बताएको प्रहरीले जनाएको छ ।
दिपक ढकाल फरार रहेकोले उक्त फर्मा सिल गरी थप अनुसन्धान तथा खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।