झट्ट हेर्दा सबैको आँखा पहिला अनुहारमा नै पर्न जान्छ । कसैको अनुहार चम्किलो रौं रहित हुन्छ भने कसैको अनाबश्यक रौं तथा झुसले शुन्दरतामा बाधक बनिरहेको हुन्छ ।
अनाबश्यक रौं एकै दिनमा हटाएर चम्किलो र सफा अनुहार पाउन यस्तो प्रक्रिया अपनाउन सकिन्छ :
सामग्री
काँचो दूध,तर, बेसार,बेसन
बिधि – एक चम्चा काँचो दूधमा थोरै बेसन, एक चिम्टी बेसार र उमालेको दूधको तर मिसाएर मिश्रण बनाउने र यो लेपलाई धोएको अनुहारमा पुरै लगाउने अनुहार सुख्खा हुन्जेल राख्ने ।
पुरै सुकीसकेपछी बिस्तारै हातले मसाज गर्ने यसो गर्दा कमजोर भएका रौहरुले जरा देखीनै ठाउँ छोड्छ ।
बिस्तारै अव मनतातो पानिले मुख धुने तपाईंले सफा चम्किलो अनुहार पाउनुहुनेछ ।
शरिरमा आएका अनाबश्यक रौं हटाउने घरेलु उपाय
– बजारमा प्युमिक स्टोन नाम गरेको पत्थर पाइन्छ। नुहाउनुअघि अनावश्यक रौँ भएको ठाउँमा यो पत्थरले रगड्ने गर्नाले रौँ झर्छ।
– बेसनमा दही मिलाएर पेस्ट बनाई अनावश्यक रौँ भएका ठाउँमा दल्ने र केही बेरपछि यसलाई रगडेर चिसो पानीले धुने गर्दै गयो भने रौँ क्रमशः हराउँदै जान्छ।
– मह, कागती र चिनीको मिश्रण बनाउने र यसलाई मनतातो बनाएर रौँ भएको ठाउँमा लगाउने। त्यसपछि सुतीको कपडाले यसलाई छोप्दै, निकाल्दै गर्ने। यसो गर्दा कपडासगै रौँ निस्किन थाल्छ र छाला चम्किलो बन्छ।
– चिनी र कागती मिसाएर फाल्नुपर्ने रौँ भएको ठाउँमा लगाउने र १५ मिनेटजति मसाज गर्ने र पानीले सफा गर्ने गर्दा रौँ कम हादै जान्छ।