नेपाल पत्रकार महासंघको आसन्न २६ औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार रामप्रसाद दाहालले अध्यक्ष पदको उम्मेदवारीबाट हात झिकेका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको चुनाव यही २५ गते हुन गइरहेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारी फिर्ता लिने क्रम बढिरहेको छ । हिजो मात्रै वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार रामजी दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
केही दिनअगाडी अध्यक्षमा प्रत्यासी दाहालले केटिएम दैनिकसँग कुरा गर्दै आफू सिन्डिकेट र गुटको विरुद्ध उम्मेदवारी दिएको बताएका थिए ।
अध्यक्षमा उनलाई बलियो दावेदारको रुपमा हेरिएको थियो । उनले हात झिकेसँगै नेपाल पत्रकार महासंघको चुनावी भिडन्तमा अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवार गजेन्द्रसिंह बुढाथोकी, एमाले ओली पक्षीय निर्मला शर्मा र नेपाल प्रेस युनियन लगायत ११ गठबन्धनका अध्यक्ष विपुल *पोखरेलको भिडन्त हुने भएको छ ।
र यो पनि
अरुलाई जिताउनको लागि म हारे : रामप्रसाद दाहाल (भिडिओ)
* यसअगाडी विपुल पोखरेल हुनुपर्नेमा खतिवडा भएकाले त्यसलाई सच्चाइएको छ ।