नेपाल पत्रकार महासंघको आसन्न २६ औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार रामप्रसाद दाहालले अध्यक्ष पदको उम्मेदवारीबाट हात झिकेका छन् ।
उनले अध्यक्षको उम्मेदवारीबाट हात झिकेपछि पत्रकारहरु माझ तहल्का नै मच्चियो । उनले पत्रकारहरुको हक हितको धेरै राम्रो काम गरेका थिए, अहिले हामी पत्रकारहरुको समर्थन हुदाँ हुदै किन समर्थन फिर्ता लिए ? के उनी पनि पैसामा बिकेकै हुन् त ? भन्ने सवालहरु सामाजिक सञ्जालमा आइरहेका छन् ।
श्रमजीविको मुद्दामा बोल्ने र कोरोनाकालमा पत्रकारहरुलाई दुख दिने सञ्चारमाध्यमहरुमा गएर आफ्नो आवाज बुलन्द पार्ने खतिवडाले उम्मेदवारी फिर्ता लिए पछि आफु दुखी भएको एक पत्रकारले केटिएम दैनिकलाई बताए । उनले भने, ‘हामीलाई सञ्चारमाध्यमले धेरै दुख दिएको थियो । रामप्रसाद दाईलाई फोन गरेको १ घण्टामा नै उहाँले सञ्चारगृहको मालिकसँग हाम्रो दुखको बारेमा कुरा गर्नुभएको थियो । अहिले एक्कासी हात झिक्दा मलाई धेरै दुख लागेको छ ।’
त्यस्तै पत्रकार अनुराग अधिकारीले पनि सामाजिक सञ्जालमार्फत केही दिन अघि उनले लेखेका थिए, ‘पत्रकार महासंघका वर्तमान सचिव रामप्रसाद दाहाल आफ्नो कार्यकालमा श्रमजीवी पत्रकारका पक्षमा मैदानमा उत्रिए। श्रम गराउने तर तलब नदिने मिडिया मालिकलाई चोर औंलो मात्र ठड्याएनन् त्यस्ता मिडियामा ताला लगाउनसम्म तयार भए उनी। नियुक्तिपत्र नदिने, विना कारण जागिरबाट निकाल्ने वा न्यूनतम पारिश्रमिक नदिने मिडिया हाउस विरुद्ध पनि रामप्रसादले आवाज उठाएकै हुन्। वास्तविक श्रमजीवीलाई चाहिएको यस्तै-यस्तै त हो।
तर, श्रमजीवीका हक-अधिकारका लागि लडाइँ गर्ने तिनै रामप्रसादलाई मिडिया मालिकको दबाबमा प्रेस युनियनले पत्रकार महासंघको आधिकारिक उम्मेदवार बनाएन। पत्रकारको श्रम शोषणविरुद्ध आवाज उठाउने व्यक्तिलाई पत्रकार महासंघको नेतृत्वमै नराख्ने योजना अनुरुप मालिक र दलका नेताको साँठगाँठमा यो कदम चालिएको प्रष्ट छ।’
धेरैलाई उनले लोभ लालच या पार्टीले अन्य सेवा सुविधा या पैसा दिएर उनले उम्मेदवारी फिर्ता लिएको बुझेका छन् । सामाजिक सञ्जालमा यस्ता खालका टिकाटिप्पणी आइरहेको छ । तर विपुल पोख्रेलको प्यानलले आयोजना गरेको प्रतिबद्धता कार्यक्रममा बोल्दै उनले विपुल पोख्रेलको लागि आफु हारेको बताए ।
कार्यक्रममा बोल्दै गर्दा उनका गला अवरुद्ध भए निकै कठोर मनका साथ दाहाले भने “२०६५ सालमा नेपाल प्रेस युनियनले सचिव पदमा टिकट दियो तर पछि खोस्यो त्यसो गर्न पाइन्छ । के संगठनमा लाग्ने भनेको अत्याचार सहन मात्र हो ?”
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको चुनाव यही २५ गते हुन गइरहेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारी फिर्ता लिने क्रम बढिरहेको छ । हिजो मात्रै वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार रामजी दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
थप कुरा हेरौं तलको भिडिओमा