जिन्दगीमा धेरै कारणले गर्दा दाँतमा समस्या आइदिन्छन् । कफी, निकोटिन, चकलेट लगायतका कुरा सेवन गर्दा दाँत बिग्रन्छन् । तर हामीसँग भएको सरल र प्राकृतिक उपायले तपाईँलाई दाँत सेतो बनाउन मद्दत गर्छ ।
यसका लागि तपाईँले टुथब्रश र कोइला लिनुपर्ने हुन्छ । पहिला ब्रसलाई धाराको पानीमा भिजाउनुस् । त्यसपछि कोइलाको धूलो ब्रसमा राख्नुस् । अब दाँत घोट्न थाल्नुस् । सामान्य तरिकाले गोलो गोलो घुमाउनुस् । दाँतको भित्री र बाहिरी दुवै भाग माझ्नुस् । सुरुमा अलिअलि कस्तो कस्तो लागे पनि सहनुस् । तपाईँलाई झ्याउ लाग्यो भने सामान्य टुथपेस्ट दल्नुस् कोइलामाथि ।
तीन चार मिनेट घोटेपछि बिस्तारै कुल्ला गर्नुस् । अनि हेर्नुस् त, चमचमाउँदो सेतो दाँत । यो गजबको उपाय हो । महँगा तथा अस्वस्थ पेस्टहरूभन्दा कोइला धेरै गुना राम्रो चीज हो । यो उपाय अपनाउनुभयो भने एक महिनामै तपाईँका दाँत चमचम चम्किन्छन् ।
सम्बन्धित टिप्स
दाँत किन किराले खान्छ ? नेपालमा दाँतको उपचार किन महँगो (भिडिओ)
हामीले बिहान बेलुका खाने खानेकुरा यदि दाँतमा जम्मा भयो भने त्यहाँबाट ब्याक्टेरिया निस्कन्छ र बिस्तारै विस्तारै दाँत किराले खान्छ । दाँतमा खानेकुरा टाँसिइरहेपछि एसिड निस्कन्छ उक्त एसिडले दाँतलाई मकाउँदै कुहाउँदै लग्छ । जब त्यहाँ अरू खानेकुराहरू पनि जम्मा हुन थाल्छ अनि दाँत किराले खान थाल्छ ।
दाँतको बनावट हेर्दा बाहिरी भागमा इनामेल हुन्छ बिचमा रहेको भागलाई डेन्टिन भनिन्छ र सबैभन्दा बिचमा रहेको भागलाई पल्भ भनिन्छ जसमा नशाहरू हुन्छ ।
दाँतको इनामेल रहेको भागमा मात्र किराले खाएर प्वाल परेको खण्डमा धेरै मानिसहरूलाई थाहा हुँदैन । त्योभन्दा अलिकति भित्र गएपछि डेन्टिनमा जान्छ, दाँत किराले खाएको र यसले डेन्टिनसम्म असर गरेको खण्डमा चिसो तातो खाँदा सिरिङ्ग सिरिङ्ग हुन्छ ।
त्यति बेलासम्म मानिसहरू मेरो दाँत ठिकै छ कहिलेकाहीँ सिरिङ्ग मात्र त गरेको हो नि भनेर हेलचेक्र्याइँ गर्ने बानी छ ।
दाँतको बिचको भाग अर्थात् नशा भएको भागसम्म किराले खान थाल्यो भने मात्र मानिसहरू डेन्टिस्टकोमा उपचारको लागि जाने गर्दछन् । किनभने उक्त बेला दाँत दुख्न थाल्छ ।
हेर्नुहोस् भिडिओ
दाँतको उपचार किन महँगो ?
नेपालमा दाँतको उपचार महँगो हुनुमा आम नागरिकले दाँतप्रति गरेको हेलचेक्र्याइँ पनि हो भन्छन् नेपाल डेन्टिस्ट एसोसिएसनका अध्यक्ष प्रभिन्द्र अधिकारी ।
अर्को कुरा उपचार सेवाका लागि आवश्यक सामाग्री महँगो हुनाले पनि उपचार महँगो पर्न जान्छ ।
दाँतलाई बेलाबेला चेकअप गरिरहने हो भने ठुलो रकम खर्च गर्नु नपर्ने उनी बताउँछन् । दाँतको नशामा किराले खाएको खण्डमा एउटा दाँतको उपचारको लागि ५ हजारदेखि ५० हजारसम्म खर्च गर्नुपर्छ ।