चिसोमा कतिपयले कपाल सुक्खा हुने, झर्ने, हाँगा फाट्नेलगायत समस्या भोगिरहेका हुन्छन्। जाडोमा कपाललाई स्वस्थ र सुन्दर राख्न यी उपाय अपनाउनुपर्छ।
तातोपानीले ननुहाउनुस् :
दिनभर काम गरेर थाकेपछि तातो शावरमा छिर्न मन त लाग्छ । त्यसमाथि अहिले चिसोको समय छ । तर यसरी तातो पानी टाउकोमा हाल्दा कपाल झर्छ । मनतातो पानीले नुहाएको ठीक । सम्भव भएसम्म चीसो पानीले कपाल नुहाउँदा त्यसले आराम पाउँछ ।
कन्डिस्नरको प्रयोग:
कन्डिस्नरको प्रयोगपछि धेरैजनाले त्यसलाई काम गर्न नदिइकन धोइहाल्छन् । तपाईं यो गल्ती नगर्नुस् । एउटा निश्चित समयसम्म कन्डिस्नरलाई टाउकोमा रहन दिनुस् । अनि कहिल्यैपनि चीसो कपालमा कन्डिस्नर नलगाउनुस् । सुक्खा कपालमा लगाएर केही समयपछि धुनु नै सही तरिका हो ।
रुमालले कपाल नसुकाउने;
रुमालले कपाल सुकाउन खोज्दा कपाल जर्खरिन्छ र यसकारण कपाललाई हानि हुन्छ । यसको साटो तपाईं टिशर्ट कपालमा बाँध्नुस् वा पेपर ब्लट प्रयोग गर्नुस् ।अति सर्वत्र वर्जयेत्;तपाईंले टन्न श्याम्पू वा कन्डिस्नर प्रयोग गर्दा कपाल राम्रो हुन्छ भन्ने ठान्नुहुन्छ भने त्यो गलत हो । धेरै हालेर जितिने यो कुनै प्रतियोगिता होइन, थोरै काफी छ ।
हल्का माड्नुस्:
भाँडा माझेजस्तो गरी टाउको घोट्नुभयो भने कपालमा समस्या आउँछ । यसो गर्दा कपाल झर्छ र कमजोर हुन्छ । हल्का मात्र माड्नुस् र कपाललाई हानिबाट जोगाउनुस् ।फेदबाट टुप्पोतिर:कपालको सबभन्दा महत्वपूर्ण कुरा भनेको जरो हो । कन्डिस्नरलाई कपालको फेदबाट टुप्पोतिर लगाउँदा तपाईंको कपाल नरम हुन्छ ।
श्याम्पू राम्रो चीज होइन:
विज्ञापनहरूमा श्याम्पूका कारण कपाल नरम हुने भनी देखाइएको हुन्छ । यसो हुँदैन । लामो समयसम्म श्याम्पू प्रयोग गर्दा कपाललाई फाइदा भन्दा पनि हानि गर्छ । तिनीहरूमा भएका रसायनले तपाईंको कपाल सुक्खा हुन्छ र कपाल झर्न थाल्छ । यसको साटो विशुद्ध पानीले कपाल धुनुस् ।