कपाल झर्ने समस्याबाट धेरै मानिस चिन्तित हुने गरेका छन् । व्यक्तिको वास्तविक ‘लुक’ देखाउन कपालको महत्वपूर्ण भूमिका हुन्छ । हेयर स्टाइल मात्र बदलियो भने पनि व्यक्तिको सुन्दरतामा निकै अन्तर आउँछ । कपालले अनुहारको वास्तविक ‘सेप’ र सुन्दरता देखाउन मद्दत गर्छ ।
कपाल झरेर तालु खुइलिनु कुनै जटिल रोग होइन । तर, पनि कपाल मानिसको सौन्दर्यसँग जोडिने भएकाले तालु खुइलिएकाहरू पुनः कपाल प्राप्तिका लागि विभिन्न उपाय गरिरहेका हुन्छन् । कपाल विभिन्न कारणले झर्छ । वंशानुगत कारणका साथै थाइराइड, क्यान्सर, डाइटिङ, तनाव आदिका कारण पनि कपाल झर्छ ।
महिलहरूमा कपाल झर्ने कारणहरू र रोकथामका उपायहरू
– एन्ड्रोजेनेटिक एलोपेसिया यो तत्व महिलामा कम र पुरूषमा धेरै हुने देखिन्छ। तर, पनि महिलामा कम भए पनि पुरूषको तुलनामा महिलामा धेरै यसको कारणले कपाल झर्ने समस्या देखिन्छ ।
– प्लेटिलेज टिच्च प्लाज्मा यो हालसालै मात्र अध्यान गर्न थालिएको बिषय हो । यसबाट महिलाको रगत झिकेर प्लाज्मा भन्ने पदार्थलाई टाउकोमा इन्जेक्सन गरिन्छ ।
– माइकोनीड्लिङ् को प्रयोगबाट पनि कपाल झर्ने गर्दछ।
-टोलिजेन एक्लुवियम ले गर्दा माखिसमा ज्वरो आउने समस्या धेरै देखिन्छ र टिलोचन भन्ने पदार्थले गर्दा कपाल झर्ने गर्दछ ।
– पौष्टिक तत्वको कमिका कारण पनि कपाल झर्ने गर्दछ ।
– कपाल टाइट गरेर बध्नालेनि पनि कपाल झर्दछ।
-तनावको कारणले पनि कपाल झर्ने गर्दछ ।
-महिलाहरूको बच्चा जन्मिए पछि पनि कपाल झर्ने गर्दछ ।
-एपोलेसिया एटियार यसको कारणले चक्का चक्का भएर कपाल झर्ने गर्दछ।
-धेरैले कस्मेटिकको सामानहरूको प्रयोगले पनि कलाप झर्ने गर्दछ।
कपाल झर्नबाट रोक्ने उपाय
भिजेको बेलामा कपाल कोर्ने गर्नाले रौँ झर्ने र भाँचिने समस्या बढी हुन्छ, त्यसैले भिजेको बेला कपाल कोर्नु हुँदैन।
अनिद्रा पनि कपाल झर्ने समस्याको एक कारण भएकाले रातमा कम्तिमा ६–८ घन्टा निदाउने । कहिले ढिलो कहिले चाँडो नगरी, सुत्ने समय सकेसम्म समान बनाउने।
धेरै पानी खाने, स्वस्थ आहार सेवन गर्ने, पेट सफा राख्ने, र धुलोधुवाँबाट कपाललाई जोगाउने।
अचेल धेरैले मोटरसाइकल प्रयोग गर्छन् । हेल्मेट लगाउँदा पसिनाले कपाल झर्ने समस्या बढ्न सक्छ । त्यसैले गुम्म नहुने खालका, हावा प्रवेश र निकास हुनेखालका हेल्मेट प्रयोग गर्ने । धेरै पसिना आउनेले सुतीको कपडाले कपाल ढाकेर हेल्मेट लगाउने।
सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थको सेवनबाट सकभर टाढा बस्ने।
मुलेठी र दूधको वा मरिच र कागतीको बिजको पेस्ट बनाएर कपाल झरेको ठाउँमा लगाउँदा नयाँ रौं उम्रिन थाल्छ।
दैनिक रुपमा सलाद, सागसब्जी धेरैभन्दा धेरै खाने।
तनाव, चिन्ता आदिको उचित व्यवस्थापन गर्ने।
ध्यान, योग आदि गर्ने ।
डा. प्रकाश आचार्य एम. डी
छाला रोग बिशेषज्ञ