नेकपा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड समूहलाई भैंसी चुनाव चिन्ह लिन सुझाव दिएका छन् ।
युवा संघ नेपाल सर्लाहीले शुक्रबार गरेको कार्यक्रमका नेता बस्नेतले प्रचण्ड समूहले सूर्य चिन्ह नपाउने कुरा दोहोराए । नेता बस्नेतले भैंसी वा बयलगाडा चुनाव चिन्ह छान्न प्रचण्ड समूहलाई सुझाव दिए ।
चतारामा प्रचण्डले भैंसी पूजा गरेको ठाउँमा आफू पुगेर आएको बताउँदै बस्नेतले प्रचण्डलाई त्यही भैंसी चुनाव चिन्ह लिएर चुनाव लड्न सुझाव दिए । ‘तपाईं बिग्रिएको राजनीति सुधार्न भैंसी पूजा गर्न चतारा जानुभएको थियो, त्यही चिन्न लिएर चुनाव लड्नुस्’- बस्नेतले भने ।
बस्नेतले प्रचण्ड समूह एक्लै वा अरुसँग मिलेर आएपनि नेकपा चुनाव लड्न तयार रहेको बताए । ‘भैंसी रोज्ने कि बयल गाडा रोज्ने रोज्नुस्, एक्लै आउने कि कांग्रेस वा समाजवादीसँग मिलेर आउनुस्, हामी तपाईहरुसँग सूर्य चिन्ह लिएर लड्न तयार छौं’- बस्नेतले भने ।
तराईमा सिँचाई, एकीकृत बस्ती, औद्योगिक कोरिडोर निर्माण, हुलाकी मार्गको सुधार, पूर्व–पश्चिम मार्गको सुधार, निजगढ विमानस्थल, भैरवा, नेपालगञ्ज गलायतका विमानस्थल सुधार, सुरुङ्मार्ग निर्माणको सुरुवात, फाष्ट ट्र्याक निर्माण लगायत काम केपी सरकारले सुरु गरेको बस्नेतले स्मरण गराए ।