काठमाडौं । विरेन्द्र सैनिक अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. विवेक खत्रीको निधन भएको छ । ४४ वर्षका डा. खत्रीको सैनिक अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
डा.खत्रीलाई मुटुको समस्या थियो । उहाँ विगत १५ वर्षदेखि सरकारी सेवामा रहेका थिए । वयोधा अस्पतालमा समेत कार्यरत रहेका उनी एकदमै मिलनसार स्वभावका थिए ।
उनकी श्रीमती दन्तरोग विशेषज्ञ रहेकी छिन् । खत्रीका एक छोरा र एक छोरी रहेका छन् ।