नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोपन साँपसँग तुलना गरे । उनले गोपन साँपको जस्तै रिस राखेर डस्ने गरेको आरोप लगाए ।
‘ओलीजी गोपन साँप जस्तो हो,’ नेकपा प्रचण्ड समूहको पत्रकार सम्मेलनमा खनालले भने,‘गोमन साँपले आफूलाई चलाउनेको फोटो आँखामा राखेर बदला लिन्छ, उहाँमा त्यही प्रवृत्ति छ ।’ उनले प्रधानमन्त्री ओलीमा अनाधिकृत रुपमा काम गर्ने प्रवृत्ति भएको आरोप समेत लगाए ।
भदौको तेस्रो साता सञ्चारमाध्यममा एउटा समाचारले प्राथमिकता पायो । त्यो थियो सर्प पालन र एन्टी भेनम उत्पादन परियोजनाका लागि नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’लाई सर्प पाल्न भन्दै ७२ करोड छुट्याएको ।
लकडाउनले गर्दा आम मानिसहरु एक छाक टार्न मुस्किल परिरहेको उक्त समयमा संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरको थियो ।
उक्त समयमा केटिएम दैनिकमा प्रकाशित भएको तलको स्टोरी पनि हेर्नुहोस् ।
हामीले ‘सपेरो’ लाई पो प्रधानमन्त्री बनाएछौं !
प्रचण्ड र माधव नेपालको हैसियत बराबर
विभाजित नेकपाका बरिष्ठ नेता झलना खनालले प्रचण्ड र माधव नेपाल बराबर हैसियतका अध्यक्ष बनेको बताएका छन् ।
यसअघि नेकपामा माधव नेपाल भन्दा माथिल्लो बरियतामा रहेका खनालले केन्द्रीय कमिटी बैठकले नेपाललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएपछि आफू तल्लो बरियतामै रहने बताए । खनालले पार्टी काम र योगदानका आधारमा कोही बरिष्ठ भए पनि अध्यक्ष पदमा जो हुन्छ उही माथि हुने प्रष्ट पारे ।
खनालले पत्रकार सम्मेलनमा भने–हिजोको बरियता के थियो अब अध्यक्ष जो हुन्छ उही बरिष्ठ हो । अब दुई अध्यक्ष पहिलो वा दोस्रो के हो उहाँहरुले गर्नुहोला (बीचमै) उहाँहरु दुबै बराबरी अध्यक्ष हो ।