युरोपियन च्याम्पियन लिगको फुटबलमा इटालियन क्लब युभेन्टसले स्पेनिस ब्लक बार्सिलोनालाई उसकै घरमा लज्जासपद हार देखाएको छ ।
नेपाली समय अनुसार बुधबार बिहान भएको समुह चरणको अन्तिम खेलमा पाहुना टोलीयुभेन्टस कप्तान लियोनअ मेस्सीसहितको घरेलु टाली बार्सिलोनालाई ०–३ गोलको सिकार बनाएको छ ।
इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जीको अन्तिम खेलमा बार्सिलोनाको घरेलु मैदानमा ३-० को जित दर्ता गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ तथा वेस्टन मकेनीले १ गोल गरे ।
युभेन्टसले रक्षापंक्तिसामु बार्सिलोनाका मेस्सीसहितका खेलाडीले हार भोग्न बाध्य भएका हुन् ।
यस जितसँगै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । युभेन्ट्स र बार्सिलोना दुवैको ६ खेलमा १५ अंक भएपनि हेड टु हेडमा युभेन्टस अघि रहेको हो ।
यस समूहको तेस्रो स्थानमा भने डिनामो किएभ रहयो । किएभले घरेलु मैदानमा फेरेन्कभारोसलाई १-० ले पराजित गर्दै ४ अंक सहित तेस्रो स्थानमा रहयो । फेरेन्कभारोस १ अंक जोड्दै पुछारमा रहयो ।