डब्लुडब्लुईका स्टार रेस्लर अन्डरटेकर मार्क कालावेले सन्यास लिएका छन् । करीब ३ दशक डब्लुडब्लुईको रिङमा बिताएका अन्डरटेकरले आइतबारको अन्तिम खेलसँगै सन्यासको घोषणा गरेका हुन् ।
डब्लुडब्लुईको अन्तिम खेलमा उनले सर्भाइभल सिरिज खेलेका छन् ।
५५ वर्षका अन्डरटेकरले आइतबार आफ्नो क्यारेक्टर अनुरुपको भावभंगीमा र कस्ट्युमसहित अन्तिम पटक रिङमा कदम राखे ।
डब्लुडब्लुईका अध्यक्ष भाइन्स म्याकमहानले अन्डरटेकरले सन्यास लिएको घोषणा गरेका हुन् ।
अन्डरटेकरले सन्यास लिएको घोषणा गर्दैगर्दा म्याकमहान केही भावुक समेत भएका थिए ।
सन्यासको घोषणा गर्दै म्याकमहानले भने, ‘आज एउटा युगको अन्त्य भएको छ । यो इतिहास अब दोहोरिने छैन । अन्डरटेकरको इतिहास कसैले खोस्न सक्दैन ।’
अन्डरटेकरको बिदाइका लागि रिङ पनि सजाइएको थियो । अन्डरटेकर रिङमा गएर ‘रेस्लिङ करियरमा आफ्नो समय सकियो’मात्रै भनेका थिए । उनले २०१३ मा निधन भएका अर्का रेस्लर पाउन वियरको आत्म शान्तिको कामना पनि गरेका थिए ।
अन्डरटेकरले सन्यास लिएसँगै धेरै रेस्लरहरूले उनको सुखद भविष्यको कामना गरेका छन् ।
"It's great that all you guys came out and got in my ring now get out of my ring." – Vince McMahon #SurvivorSeries pic.twitter.com/8nDqTYuLOh
— GIFSkull III (Backup) – #SurvivorSeries (@SkullGIF) November 23, 2020