बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा आज बिहान पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २१ वर्षीया टेकमाया रोका र उनको २ वर्षीया छोरीको मृत्यु भएको छ । मृतक रोका माईतबाट घर जलजला फर्कदै थिईन् ।
दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
आज विहान करीब ९ बजेको समयमा जीप गिट्टी लोड गर्न रोकी राखेको अवस्थामा ओट काटेर करीब १ हजार मिटर तल खसेको थियो ।
उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ ।
चालक र सहचालक जीप रोकेर गिट्टी लोड गर्दै गर्दा जीप दुर्घटना भएको चालक रबि पाईजाले बताए ।
चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।