बलिउड अभिनेत्री मलाइका अरोड़ा उमेरले ५० वर्ष नजिक पुग्दा पनि फिट र ठिक छिन् । युवा पुस्ता उनको फिगरको बारेमा पा’गल छन् । उनको फिटनेसलाई देखेर सबै हैरान छन् ।
४७ वर्षीया मलाइका अहिले पनि आफुभन्दा १२ वर्ष कम उमेरका अर्जुन कपुरलाई डेट गरिरहेकी छिन् । उनी आफ्नो फिगरका कारण परिचित छन् । त्यसमा उनको ड्रेसिङ्ग स्टाइल पनि चर्चामा रहन्छ । ४६ वसन्त पार गरेको मलाइकाले सलमानको खानको भाई अरवाज खानसंगको १९ वर्ष सँगै रहेर सम्वन्धबिच्छेद गरेकी हुन् । अरवाज र मलाईकाको १८ वर्षको एक छोरा पनि छन् । जो अहिले आफ्नो आमासँग बस्छन् ।
बिवादमा आउन रुचाउने नायीकामा मलाइका अरोराको नाम अगाडी नै आउँछ । आफु भन्दा धेरै कान्छा अर्जुन कपुरसँग लभ अफेयरको कारण चर्चामा आएकी मलाइकाको सुन्दरताले धेरैलाई फिक्का बनाएको छ । भर्खरै मलाइकाले फेरि आफ्नो लुकको कारण ट्रोलको मजाक बन्नु परेको छ । मलाइका साँझ घरबाट बाहिर निस्किरहेकी थिइन् ।
यस समयमा, अभिनेत्री सेतो टप र सेतै शर्ट्स लगाएकी थिइन् । पुरा कपडा नलगाएकी उनका टाङ्ग मज्जाले देखिएका थिए । घुडाभन्दा निक्कै माथिदेखि तलको भाग पुरै देखिएको थियो । त्यस समयमा उनका खुट्टा काला देखिएका छन् । कोरोना महामारीबाट सुरक्षाको लागि मास्क पनि लगाएकी थिइन् ।
तर मलाइका अरोराको यो लुक उनका फ्यानहरूले खासै मन पराएनन् । प्रयोगकर्ताहरूले उनको छालाको रंगको बारे ट्रोल गर्न सुरु गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘ओह, उनी कती काली छिन्, हेर न उनको कस्तो कालो । उनको खुट्टाहरू हेर्नुहोस् ।’ कोरोना भाइरसको संक्रमण भएकी यी नायिका १५ दिनको क्वारेन्टाइन बसाइपछि पूर्ण रुपमा कोरोनामुक्त भएकी हुन् ।
मिस पिंक २०१८ बिजेता एन्जल भन्छिन् : नागरिकता बनाउन नै ५-६ लाख खर्च गर्नुपर्ने भो !