बलिउड अभिनेत्री मलाइका अरोडा समय समयमा चर्चामा आउने गर्छिन् । उनी आफ्नो लुक र ग्लैमरस स्वटाइलका लागि परिचित छिन् ।
उनको प्रत्येक लुक सामाजिक सञ्जालमा एकदम भाइरल हुन्छन् । उसको जिम लुकको बारेमा पनि चर्चा भइरहेको छ ।
मलाइका अरोडाको केही फोटोहरू सामाजिक सञ्जालमा धेरै भाइरल भएका छन् । जहाँ उनी उनका प्रेमी अर्जुन कपुरलाई पास्ता बनाएर खुवाइरहेको देख्न सकिन्छ ।
मलाइका र अर्जुन कपुर अहिले बलिउडमा चर्चा कमाएका लबेबल कप्पलको रूपमा चिनिन्छन् । यी दुवै जना सामाजिक सञ्जालमा एकदमै सक्रिय रहेका छन् । यी दुवै जना इन्ष्टाग्राममा एक अर्का प्रति प्रेमिल भावमा देखिने गरेका छन् ।
मलाइका अरोडाले आइतबारका दिन आफ्नो प्यारो मान्छे अर्जुन कपुर सँग एकदमै खास समय बिताएकी छिन् । यस क्रममा मलाइकाले अर्जुनको लागि आफै पास्ता बनाएकी थिइन् ।
अर्जुन कपुरले आफ्नो इन्ष्टाग्राम स्टोरीमा आफ्नी सुन्दर गर्लफ्रेण्ड मलाइका अरोडाको एक तस्बिर उनले बनाएको पास्ता सहित पोस्ट गरेका छन् । अर्जुनको यो इन्ष्टा स्टोरी लाई मलाइकाले पनि आफ्नो इन्ष्टा स्टोरीमा शेयर गरेकी छिन् ।
मलाइकाले आफ्नो इन्ष्टा स्टोरीमा आफ्नो डाइनिङ टेबलको केही तस्बिर शेयर गरेकी छिन् जसमा आइतबारको खानाका परिकारहरूको झलक देखाएकी छिन् । यी दुवै जनाले एक अर्काको फोटो इन्ष्टामा शेयर गरिरहेका हुन्छन् ।