बलिउड नायिका मलाइका अरोडा कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । उनले, आफू कोरोना संक्रमित भएको १५ दिनपछि ठिक भएको बताएकी हुन् ।
भदौ २१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्योअगाडी मलाइकाका प्रेमी भनिएका नायक अर्जुन कपुरलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो । यसपछि, उनीहरु होम क्वारेन्टाइनमा रहँदै आएका छन् ।
पछिल्लो समय यी दुवै लिभिङ्ग टुगेदरमा बस्दै आएको चर्चा छ ।
कोरोना संक्रमण भएर होम आइसोलेशनमा बसिरहँदा मलाइकाको एक भनाई भाइरल भएको थियो ।
उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘कोइ कोरोना भ्याक्सिन निकाल्दो भाई वर्ना जवानी निकल जाएगी’ ।
४६ वसन्त पार गरेको मलाइकाले सलमानको खानको भाई अरवाज खानसंगको १९ वर्ष सँगै रहेर सम्वन्धबिच्छेद गरेकी हुन् ।
अरवाज र मलाईकाको १८ वर्षको एक छोरा पनि छन् । जो अहिले आफ्नो आमासँग बस्छन् ।
मलाइकाले सामाजिक संजालमा स्टाटस लेख्दै आफू कोरोनामुक्त भएको बताएकी छिन् । उनले लेखेकी छिन्–‘केही दिनपछि म मेरो कोठा भन्दा बाहिर छु । म भाग्यमानी रहेँ, किनकी मलाई यो भाइरसले निकै कम मात्र दुःख दियो । मलाई यो समयमा साथ र हौसला दिने सबैलाई धन्यवाद ।’
उनले, सबैलाई सुरक्षित रहन अपिल समेत गरेकी छिन् । मलाइका भन्दा अगाडि नायक अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय, निर्माता करिम मोरानी, गायिका कनिका कपुर, नायिका जेनेलिया डिसुजा लगायतका बलिउडकर्मी पनि कोरोनामुक्त भएका थिए ।