कोरोना भाइरसको महामारी सुरु भएसँगै आम मानिसहरु त्यसबाट जोगिन केही उपायहरु विश्वभरी अपनाइएको छ । सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने अनि बेलाबेलामा साबुन पानी नभए स्यानिटाइजरले हात सफा गर्ने ।
कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको बेला मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने कार्य हाम्रो जीवनमा निकै बढेको छ। हामी धेरैले यो शारीरिक आवश्यकता झैँ दिनमा कयौँपटक गर्ने गर्छौँ।
पछिल्लो छ महिनामा जसरी यिनीहरूको आवश्यकता यसअघि कहिल्यै खड्किएको थिएन।
घरबस्दा साबुनपानीले मिचिमिचि हात धुन सम्भव भएतापनि घरबाहिर हुँदा यो सम्भव नहुने भएकाले आम मानिसहरुले अहिले झोला वा गोजीमै स्यानिटाइजर बोकेर हिड्ने गरेका छन् । तर हामीले बजारबाट किन्ने स्यानिटाइजरले के साँच्चिकै कोरोना भाइरसको संक्रमणबाट जोगाउन । त्यसको लागि स्यानिटाइजर किन्नुअगावै केही कुरामा ध्यान दिन बिबिसिले सुझाव दिएको छ ।
पछिल्लो समय बजारमा गुणस्तरहिन स्यानिटाइजर विक्री वितरण गरेको आरोपमा केही मेडिकल पसल र औषधि उप्पादक कम्पनीहरु पनि कारवाहीमा परेका छन् । त्यसैले स्यानिटाइजर किन्नुअघि तल उल्लेखित तीन कुराहरुमा ध्यान दिन जरुरी देखिन्छ ।
अल्कोहलको मात्रा: कुनै पनि स्यानिटाइजर किन्दा त्यसको लेबल हेरेर त्यसमा अल्कोहलको मात्रा ७०-८० प्रतिशत भएको खण्डमा मात्र किन्नुपर्छ
दर्ता: नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भए वा नभएको पहिल्याउनुपर्छ
रङ्गरूप: झट्ट हेर्दा खेरि नै त्यसमा अन्य मिसावट भए वा नभएको निर्क्योल गर्नुपर्छ